राजनीति

विश्वविद्यालयका पदाधिकारी चाकडीमा, कलेज माफियाकरण : सांसद लामा



भदौ ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले विश्वविद्यालयका पदाधिकारीहरु कुनै राजनैतिक दलका नेताको चाकडीमा लागेका कारणले इन्जिनियरिङ कलेजहरुको माफियाकरण वढ्दै गएको वताएकि छिन् ।

संघिय संसदमा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद लामाले विश्वविद्यालयमा राजनीतिकरण बढेकै कारण विश्वविद्यालय लथालिङ्ग भएको बताएकी हुन् । सांसद लामाले भनिन् ‘जनशक्ति उत्पादन गर्ने विद्यार्थीहरु अध्ययन गर्ने विश्वविद्यालय पोखरा विश्वविद्याल वन तथा कृषि विश्वविद्यालय लगायत १० वटै विश्वविद्यालयहरु आज लथालिङ्ग अवस्थामा छन्, कूनै प्राज्ञिक नियम छैन । शैक्षिक क्यालेन्डर नियमित छैन।’

इन्जिनियरिङ कलेजको माफियाकरण बढ्नु शैक्षिक क्षेत्रको लागि डरलाग्दो अवस्था आएको भन्दै भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा ३ हजारभन्दा बढी अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्योलमा परको बताइन् । विद्यार्थीको भविष्य अन्योलमा पार्ने काम अक्षम्य हुने भन्दै उनले तत्काल विश्वविद्यालमा राजनीतिकरण बन्द गर्न माग गर्दै विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक नियम बनाउनु पर्ने बताइन् ।