समाचार

तीन दिनसम्म भारी वर्षा हुने : सतर्क अवस्थामा रहन मौसम विभागको आग्रह



भदौ ८, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म भारी वर्षा हुने भएकाले नदी आसपासका सर्वसाधारणलाई सतर्क अवस्थामा रहन आग्रह गरेको छ ।

आज देशभरीकै मौसम बदली भएको छ । केही ठाउँमा पानी पनि परिरहेको छ । मनसुन सक्रिय भएकाले अहिले केही ठाउँमा ठूलो पानी परेको मौसमविद्को अनुमान गरेको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल माथि रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा झरीको संभावना रहेको छ । त्यस्तै मौसम खुलेजस्तो भए पनि फेरि बदली हुने बताएका छन् ।

त्यस्तै महाकाली, कर्णाली र कन्काईमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र तथा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, रौतहटलगायत तराईका चुरे र पहाडबाट बहने नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।