समाचार

महेन्द्रनगरको कर्फ्यू हट्यो : जनजीवन सामान्य वन्दै



भदौ ८, कञ्चनपर । निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि महेन्द्रनगरमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ ।

अवस्था सामान्य बन्दै गएपछि शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो । कफ्र्यु हटेसँगै जनजीवन सामान्य अवस्थामा वनदै गएको छ ।

बिहीबार मात्रै कञ्चनपुरको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी लिएर जिल्ला पुगेका एसपी कुबेर कडायतले अवस्था नियन्त्रणमा आएपछि बिहीबारदेखि जारी गरिएको कर्फ्यू अहिले विहानवाट हटाएको जानकारी दिएका छन् ।

एसपी कडायतले आन्दोलनरत पक्ष र सरकारबीच वार्ता गराउने प्रयास गरिरेको जानकारी दिएका छन् । सरकारले बिहीबार गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।