भदौ ८, चितवन । चितवन जिल्लामा गएको साउन महिनामा मात्र ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।
स्क्रब टाइफस रोग मुसामा हुने किरा (माइट) को टोकाइबाट लाग्ने गर्दछ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो ।
सोही जिल्लामा ५ जनामा डेङ्गुको सङ्क्रमण पनी रहेको भेटिएको छ । ३४६ जनाको डेङ्गु परीक्षण गरिएको थियो । डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
प्रतिक्रिया दिनुहोस्