सम्पादकीय

विवादले कांग्रेस बैठक प्रभावित



शुक्रबार बिहान ११ बजेलाई बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ । अघिल्लो दिन भएको विधान मस्यौदा समिति गठनमा नेता पौडेलले असमझदारी जनाएपछि बैठक स्थगित भएको हो । आजकोे नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।  स्थगित बैठक शनिबार ११ बजे बस्ने गरी बोलाइएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक, आर्थिक, सांगठनिक प्रस्ताव तयार गर्ने, अनुशासन समिति, केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा पहिले नै तयारी गरेर जाने गरी शनिबारका लागि केन्द्रीय समिति बैठक सारिएको जानकारी दिए ।

महासमिति बैठक भदौमै गर्ने भन्दै सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठकपछि ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरेका थिए । तर, पौडेल पक्षले सुरुमा ९ सदस्यीय समिति गठन गर्ने भनेर पछि ११ सदस्यीय बनाइएको थियो । तर, समितिमा जिल्ला सभापतिलाई नसमेटिएको भन्दै असन्तुष्टि जनाएकाले बैठक रोकिएको हो ।