भदौ ९, अमेरीका । तामाङ समाज उत्तर अमेरिकाका पुर्व सल्लाहाकार तथा नेपाल सरकार स्थानीय निकाय ईन्द्रवती गॉउपालिकाको वर्तमान अध्यक्ष वंशलाल तामाङलाई विगतदेखि वर्तमानसम्म समाजलाई दिएको योगदानको प्रसंशा गर्दै न्युयोर्कमा रात्री भोज सहित तामाङ अगुवाहरु र न्युयोर्क बासी तामाङहरुको बीचमा तामाङ समाज उत्तर अमेरिकाले सम्मान गरियो ।
तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामाको अध्यक्षतामा भएको रात्री भोज तथा सम्मान कार्यक्रममा तामाङ अग्रजहरुले वंशलाल तामाङले विगतदेखि वर्तमानसम्म समाजलाई दिएको योगदानको प्रसंशा गर्दै भावि दिनका लागी शुभकामना दिएका थिए ।शुभकामना दिनेहरुमा संस्थाका संस्थापक एवं सल्लाहाकार सुबास लामा, सल्लाहाकार राम तामाङ, बाबुराम लामा, सुर्य तामाङ, तामाङ सोसाईटी अफ न्युयोर्कका सल्हाकार छेवाङ लामा, पत्रकार सैलेश श्रेष्ठ र तामाङ सोसाईटी अफ न्युयोर्कका अध्यक्ष गोमा योन्जन रहेका थिए ।
सम्मानित ब्याक्तित्व वंशलाल तामाङको आज नै जन्म दिन परेकाले जन्मदिनको अवसरमा आमा समुहले केक ल्याई जन्म दिनको केक काटेर जन्म दिन भव्य रुपमा मनाएका थिए ।
थकाली किचनको न्युयोर्कको पार्टी हलमा सम्पन्न भएको रात्री भोज सहित सम्मान गरेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष बंशलाल तामाङले सम्मानको कहिल्यै अपमान नहुने गरि जिम्मेवारी निभाउने वचनवद्दता गर्दै संस्थाले कसैलाई पनि नौलो र एक्लो भएको महसुस नहुने गरि सबैमा अभिभावकको भुमिका निभाउदा संस्था बलियो हुने सुझाब समेत दिए । कार्यक्रममा वोल्दै अध्यक्ष तामाङले चुनौतीसंग लड्न र लक्ष्य हासिल गर्न हौसला प्रदान गर्ने यहि तामाङ समाज हो त्यसैले म सम्पुर्ण समुदाय प्रति धन्यबाद दिन चाहान्छु भन्दै केही साथीहरु उपस्थित नभएको देखिदा हाम्रो मुद्दा नै एउटै हो भने फरक समुह बनाएर हिड्दा समग्र तामाङ समुदायलाई नै घाटा हुने हो भन्दै आफ्नो जहिले पनि एकतामा जोड़ रहेको भन्दै समाजका अगुवाहरुले विशेष भुमिका खेलेर समधान खोज्ने र समधान गराउने कुरामा आफु विस्वस्त रहेको बताए ।
पत्रकार सैलेश श्रेष्ठले विश्व भरिका तामाङ एक हौ भन्दै आफु जहिले पनि तामाङ जाती शक्ति केन्द्रमा पुगेको हेर्न चाहेको बताए । हरेक तामाङले मात्र हैन अन्य समुदायले पनि वंशलाल तामाङको बाटो रोज्नु पर्ने कुरा राखे । यस्तो व्यक्तित्वको सम्मान कार्यक्रममा उपस्थित हुन नचाहानेले एक पटक राम्ररी सोच्नु पर्ने दिन आएको बताउदै आफु जहिले पनि सहिको पक्षमा क़लम चलाउने कुरा राख्दै सम्मानित व्यक्तित्वलाई भावि लक्ष्य हासिलका लागी शुभकामना दिएका छन् ।
सभापतित्वको भुमिका निभाउदै केन्द्रीय अध्यक्षले आफु सम्मानित व्यक्ति वंशलाल तामाङ लगायत केही तामाङ अग्रजहरु जातिय मुद्दामा कटिबद्ध भएको देख्दा आफुलाई गर्व भएको महसुस भएको र जहिले पनि यसैले प्रेरित गरेको कुरा राख्दै तामाङ जातिको आईडलको रुपमा वंशलाल तामाङलाई लिएको धारणा राखे । सफलताको पछाडी श्रीमतिको विशेष भुमिका हुने हुदा वंशलाल तामाङको सफलतामा श्रीमति सुनिता घिसिङको उतिकै भुमिका भएको हुदा उनलाई पनि विशेष धन्यबाद भन्दै सम्मानित तामाङ आईडल वंशलाल तामाङलाई शुभकामना सहित उपस्थित सम्पुर्णलाई धन्यबाद सहित कार्यक्रम समापन समापन गरेका थिए । कार्यक्रम केन्द्रीय सचिब प्रेम स्याङतानले चलाएका थिए ।










प्रतिक्रिया दिनुहोस्