भदौ ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतको विशेष पहलमा चितुवाको आक्रमणमा परी मृत्यु भएका शिरिष लामालाई भक्तपुर जिल्लाकै सवैभन्दा ठूलो राशिको क्षतीपूर्ति उपलब्ध गराइएको छ ।
चितुवाको आक्रमणमा परि मिति २०७४/१०/२९ गते देहान्त भएका सुर्यविनायक नगरपालिका वडा नं ७ का वस्ने सुनील लामाको छोरा ५ बर्षे बालक लामाको परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराईएको हो । वन मन्त्रालय र अर्थ मन्त्रालयमा प्राप्त उक्त रकम सांसद वस्नेतले लामाको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
उक्त स्थानमा रहेको भैरव निम्न माध्यमिक विद्यालयमा गरिएको जनचेतनामुलक कार्यक्रममा वोल्दै सांसद वस्नेतले उक्त दुःखद् घटना भएको भन्दै आगामि दिनमा यस्ता प्रकारका घटना दोहोरिन नदिने वताउँदै अबको तीन वर्ष भित्रमा नै प्राणी उद्यान केन्द्रको निर्माण भइसक्ने बताएका छन् । उक्त केन्द्रको निर्माणका लागि आवश्यक प्रकृया अघि वढिसकेको बताउँदै सवैको साथ र सहयोग आवश्यक रहने बताएका छन् ।
त्यस्तै सांसद वस्नेतले पानी तथा आहाराको अभावका कारण वन्यजन्तु वस्तीमा आउने वताउँदै उद्यान केन्द्रको स्थापना भईसकेपछि त्यसको वरिपरि पर्खालको व्यवस्था गरिने जसका कारण वन्यजन्तु वस्तीमा प्रवेश गर्न नपाउने वताएका छन् । उनले वन्यजन्तुलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरु उक्त क्षेत्रफल भित्र नै उपलब्ध गराईने भएकाले यस्तो प्रकारका दुःखद् घटनाहरुलाई पुनः दोहोरिन नदिन स्थायी समस्या समाधानको वाटो खोजीएको बताए ।
उक्त रकम उपलब्ध गराउन सांसद वस्नेतको साथमा डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख फडिन्द प्रसाद पोखरेल, राष्ट्रिय प्राणी उद्यानका उपनिर्देशक नारायण रुपाखेती र व्यवस्थापन अधिकृत मिथिलेश महतो, सु.न.पा.का नगर प्रमुख बाशुदेव थापा, सु.न.पा. वडा नं ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटा र भक्तपुर जिल्ला समन्वय समितिका उप प्रमुख सरिता कुवर लगायतको उल्लेख्य सहयोग रहेको थियो । साथै उक्त सबैले दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यक्रममा जिल्ला वन कार्यालय भक्तपुरद्वारा आक्रमणमा परि मृत्युभएका लामाको स्मरणमा निकालिएको पुस्तिका समेत वितरण गरिएको छ । जसमा वन्यजन्तुवाट हुने क्षतीको राहत सहयोग निर्देशिकामा राहत प्राप्त गर्ने तरिका तथा नियमहरुको वारेमा उल्लेख गरिएको छ । उक्त पुस्तिका कार्यक्रमा सम्पूर्णलाई वितरण गरिएको छ । पुस्तिकाको साथमा विद्यार्थीलाई आवश्यक कापी समेत वितरण गरिएको छ । जसमा वन्यजन्तुवाट हुन सक्ने क्षती तथा त्यसवाट वच्ने उपाय, चित्र तथा पोस्टरहरु समेत समावेश गरिएको छ ।
उक्त पुस्तिकावाट आम विद्यार्थी तथा अभिभावकले सचेत र सजक रहन मार्ग निर्देश गर्ने वताइएको छ । जसमा वन्यजन्तुवाट हुन सक्ने सम्भावित आक्रमण, अवस्थाका साथमा त्यसवाट वच्न सकिने जनचेतनामुलक रुपमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्