समाचार

साउदीमा अलपत्र ३८ नेपालीलाई तलबसहित काम पनी दिने



भदौ ९, काठमाडौं ।  साउदी अरबमा अलपत्र परेका ३८ जना नेपालीलाई अहिले सम्मको तलब र काम  पनी दिने भएको छ ।

उनीहरुलाई तलब नदिइ कम्पनीले निकालिदिएपछि आफन्त र इम्पावर ओभरसिजले सरसफाइको काम दिनमा ८ घण्टाका दरले महिनामा २६ दिन काम दिने सहमति भएको हो ।

आफन्त र म्यानपावरबीच एक हजार रियाल तलब र दुई सय खानका लागि गरी १२ सय रियाल तलब दिने, मेडिकल आइडी कार्ड, जीवन बीमा काम सुरु गरेको ४५ दिनभित्र कम्पनीले दिने सहमति पनि भएको छ ।

 नेपालबाट साउदीको कम्पनीमा पुगेको दिनदेखि पाउन बाँकी तलब दिने, काम नगरी बसेको दिनको तलब प्रत्येक महिनाको तलबमै थपेर दिने, २ वर्षको करार अवधि पूरा गरेर घर फर्किन चाहनेलाई टिकट पनि कम्पनीले नै दिने सहमति पनि भएको छ ।

अलपत्र परेकाहरुलाई सहयोग गर्न उनीहरुलाई पठाउने तीनजुरे र इम्पावरमेन्ट म्यानपावरले चासो नदिएपछि विभागले उनीहरुको काम रोक्का गरेपछि उनीहरुका आफन्तसँग छलफल गर्न म्यानपावर तयार भएको थियो ।