समाचार

आज गोपाल योञ्जनकाे ७६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै



भदौ ९, काठमाडौं । गायक तथा  संगीतकार  गोपाल योञ्जनकोआज  ७६ औँ जन्मजयन्ती  विशेष कार्यक्रम गरी मनाइँदै छ ।

जन्मजयन्तीका अवसरमा आज गोयाल योञ्जन स्मृृति पुरस्कार वितरण गरिदैछ । यस वर्ष यो पुरस्कारबाट गायक संगीतकार एंव गीतकार दुर्गा खरेल सम्मानित हुने भएको छ । आज दिउँसो २ बजे ललितपुरको पुल्चोकमा विशेष कार्यक्रम गरी पुरस्कार विरतण गरिने भएको छ ।

गायक योञ्जनका ‘यो मेरो टोपी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘जीवनका हरेक मोडमा तिमीले मलाइ भेट’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे मलाई बली चढाउ’ लगायतका थुप्रै गीत निकै लोकप्रिय छन् ।

सन् १९४३ को अगष्ट २६ तारिखका दिन दार्जीलिङमा जन्मिएका योञ्जनको निधन सन् १९९७ को मे २० तारिखका दिन काठमाडौँमा भएको थियो ।