Banner News

मेयरका भतिजा र एसपीका छोरालाई तत्काल पक्राउ गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन



भदौ ९, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला प्रकरणमा शंकास्पद मानिएका एसपी डिल्लीराज बिष्टका छोरा र मेयर सुरेन्द्र बिष्टका भतिजालाई तत्काल पक्राउ गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

शनिवार विहान बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले एसपीका छोरा र मेयरका भतिजालाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न निर्देशन दिएका छन् ।

कञ्चनपुरका स्थानीयबासीले एसपीका छोरा, मेयरका भतिजा र बम दिदीबहिनीलाई शंकास्पद भन्दै अनुसन्धान थाल्न माग गरेका थिए । स्थानीयको माग अनुसार प्रधानमन्त्रीले चार जनालाई नै पक्राउ गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री निर्देशन लगतै बम दिदिबहिनी रोशनी र बविता पक्राउ परिसकेका छन् भने मेयरका भतिजा र एसपीका छोरा पक्राउ परेका छैनन् ।