सम्पादकीय

‘विमस्टेकमा सबैलाई होइन, विद्यालय बिदा’



बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सार्वजनिक बिदा दिने वा सवारी जोरबिजोर प्रणालीमा चलाउने टुङ्गो अझै लागेको छैन । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

जोरबिजोर प्रणालीबारे छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । ‘के गर्दा उपयुक्त हुन्छ भनेर हामी छलफलकै क्रममा छौँ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, सार्वजनिक बिदाभन्दा पनि विद्यालयहरु बिदा दिँदा सवारी आवागमन सहज हुन सक्छ ।

विद्यार्थीको समस्यालाई ध्यान दिएर विद्यालय बिदा दिने तयारी भएको जानकारी दिँदै उनले सवारी व्यवस्थापनको विकल्पबारे छिटै टुङ्गो लाग्ने बताए ।

सम्मेलन आगामी बुधबार र बिहीबार काठमाडौंमा आयोजना हुँदै छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा परिवहन तथा यातायात समिति गठन गरिएको छ ।