राजनीति

गृहमन्त्री यादवद्वारा राष्ट्र बैंकको कार्यालयमा तालावन्दी



भदौ १०, जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ ।

प्रदेश सरकारको निर्णयलाई अटेरी गरे कानूनी उपचार समेत खोज्ने उनले बताए । संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको भन्दै संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि यादवले बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।