राजनीति

जघन्य अपराधका कार्यमा सरकार निरिह, न्याय माग्न जाँदा उल्टै गोली : सभापति देउवा



भदौ १०, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले न्याय माग्न जाँदा उल्टै गाली खाई मृत्यु हुनु परेको भन्दै वर्तमान सरकार जघन्य अपराधका कार्यमा कानुनी उपचारको निम्ती निरिह वनेको आरेप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएकोमा आपत्ति जनाएका छन् ।

सभापति देउवाले पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको बताएका छन् । पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउदा एकजना बालकको ज्यान गएको थियो । राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाले रोष प्रकट गरे ।

अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्न गर्नु अपराधको पराकाष्टा नै हो भन्दै देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए । ‘राज्यले नै दोषीलाई जोगाउन खोज्दा हजारौं नागरिक सडकमा ओर्लिनु स्वभाविक हो’ देउवाले भने ‘बालिकाका लागि न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपरेको छ ।’

उनले न्यायपालिकाको भूमिका खुम्च्याउने कोशिश नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् ।