भदौ १०, दार्चुला । स्वास्थ्य चौकीका कार्यालय सहयोगीको हत्या आरोपमा दार्चुलामा प्रहरीले एक महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
भदौ ४ गते राति आफ्नै घरमा मृत भेटिएका गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिंह ठगुन्नाको हत्याको आरोपमा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । आफ्नै घरभित्र मृत फेला परेका ठगुन्नाको टाउकोमा धारिलो हतियारका घाउसमेत भेटिएका थिए । भदौ ५ गते विहानै इलाका प्रहरी कार्यालय लटिनाथ र गोकुलेश्वर तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
मार्मा गाउँपालिका १ का धर्मसिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्नालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले भने घटनाको गहिरो अनुसन्धान भइरहेको बताउदै केही व्यक्तिसंग सोधपुछ भइरहेको बताएको छ । प्रहरीले सोधपुछका लागि समातेकामध्ये गणेश र देवकी श्रीमान् श्रीमती हुन् भने करन दुवैजनाका भतिजा पर्दछन् । समातिएका अर्का व्यक्ति धर्मसिह धामी स्थानीय बाख्रा व्यवसायीसमेत रहेको स्थानीयले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्