समाचार

बिमस्टेक सम्मेलन : उपत्यकामा जोर विजोर प्रणालीमा यातायात सञ्चालन हुने



भदौ १०, काठमाडौं । चौथो बिमस्टेक सम्मेलनमका क्रममा आगामी बुधबार, विहिवार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ ।

सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) अर्थात विजोर नम्वार भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ । त्यस्तै १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।