समाचार

बल्खुका तरकारी बजारमा अनुगमन : दुर्व्यवहार, २ व्यापारी पक्राउ



भदौ ११, काठमाडौं । तरकारी बजारको अनुगमनका गएको सरकारी टोलीलाई आज पनि व्यवसायीले अभद्र व्यवहार गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेका छ ।

काठमाडौंको बल्खु तरकारी बजारमा अनुगमनका लागि बिहानै पुगेका अनुगमन टोली उक्त स्थानमा पुगेको हो । अनुगमनका क्रममा प्रहरीले अनुगमन टोलीलाई अभद्र व्यवहार देखाउने र तरकारीको बिल देखाउन नसक्ने दुई जनालाई पक्राउ गरेको छ ।

यस्तै, सोमबार बिहान पनि कालिमाटी तरकारी बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कालिमाटीका सडकपेटीमा राखिएका पसल पनि हटाइएको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अब तरकारीमा भएको सिण्डिकेट अन्त्य गर्न नियमित अनुमगन गर्ने जनाएको छ ।