भदौ ११, पोखरा) । हिजो आइतबारदेखि बेपत्ता भएकी पोखराकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन ।
पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएकी हुन् ।
छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत उनको झोला र मोबाइल फेवा किनारमा भेटिएको थियो । राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएको प्रहरीले बताएको छ । उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्