Banner News

देखेको कुरा खेख्न तर जनतालाई निराश नबनाउन प्रधानमन्त्रीले गरे सम्पादकहरुसंग आग्रह



भदौ १२, काठमाडौं । प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारको विरुद्धमा रहेको बताउँदै कसैले भ्रष्टाचार गरेको प्रमाणबाट पुष्टी भयो भने कतैबाट देखें भने कसैको अनुहार नहेर्ने भन्दै नातावाद, आफन्तवाद, कृपावाद, सामिप्यवाद केही नचल्ने बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसंग सोमबार बिहान बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न लामो समय नलिने बताएका छन् । ओलीले भने ‘संयुक्त राष्ट्रसंघले राखेको दीगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौं’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले कानुन र विधयक धर्मशास्त्र नभएको भन्दै कहिंकतै कमजोरी भएका भए आवश्यकता र औचित्यका आधारमा संसोधन हुने बताए । त्यस्तै प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रको काम गराइ पुरानो शैलीको भएकोले यसमा निखार ल्याउनु पर्ने बताए । ‘ठोकेर खिया झार्नु भन्दा लुव्रिकेन्ट हालेर राज्यका संयन्त्रहरुलाई चलायमान बनाइन्छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले देखेका कुरा लेख्न तर जनतालाई निराश बनाउने काम नगर्न सम्पादकहरुलाई आग्रह आग्रह गर्दै भने ‘देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा नछाओस भन्ने कुरामा सचेत भइदिनुहोस् ।’