भदौ १२, काठमाडौं । एनआइसी एसिया बैंकले सात बर्षे अवधिको १ अर्ब ८३ करोड बराबरको ११ प्रतिशत ब्याजदर ऋणपत्र जारी गर्ने भएको छ ।
सो ऋणपत्रको निष्काशन भदौ २१ गतेदेखि हुनेछ । भदौ २५ गतेसम्म आवेदन खुला रहनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असोज १९ गतेसम्मका लागि बिक्रि खुला गरिने एनआइसी एसियाले जनाएको छ ।
एनआइसी एसिया डिबेन्चर २०८२÷०८३ नाम दिइएको यस ऋणपत्र प्रतिकित्ता १००० रुपैयाँ अंकित मूल्य हो । यसको लागि आवेदन फारम नबिल इन्भेष्टमेन्ट बैंकिंङ नक्साल र एनआइसी एसियाको कार्यालय र शाखा कार्यालयमा भर्न र बुझाउन सकिनेछ ।
बैंकको पुँजीकोष बृद्धिको लागि ऋणपत्र जारी गर्न लागेको बैंकद्धारा प्रकाशित आव्हानपत्रमा भनिएको छ । यस ऋणपत्रबाट प्राप्त रकम कर्जा सापटमा ८० प्रतिशत, लगानीमा १० प्रतिशत, शाखा विस्तारमा ५ प्रतिशत र अन्यमा ५ प्रतिशत प्रयोग गर्ने बैंकको आह्वानपत्रमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्