भदौ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (विमस्टेक) को चौथो सम्मेलनमा गरिबी निवारणलाई मुख्य विषय बनाएको बताएका छन् ।
मंगलबार संसदमा सम्बोधन गर्दै ओलीले १४ र १५ भदौमा काठमाडौंमा हुने सम्मेलनले कनेक्टिभिटी, गरिबी निवारण, अन्तर क्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्राथमिकतामा राखेको पनि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले संसदमा भने, ‘विमस्टेकको लक्ष्य हासिल गर्नका लागि सक्रिय तथा प्रभावकारी सचिवालयको अपेक्षा गरेका छौं ।’साथै दिगो विकासलाई प्राथमिकताका राखेको समेत बताएका हुन् ।










प्रतिक्रिया दिनुहोस्