भदौ १३, धादिङ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् ।
बा ४ ख ७७८१ नं को ट्रक मंगलबार राति गजुरी गाउँपालिका वडा नं ६ पोखरेखोलामा त्रिशूली नदी किनारमा खसेको थियो ।
दुर्घटनामा २२ वर्षीय केशर पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा गजुरी गाउँपालिका ६ का २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् । अन्य तीन जना घाइते भएकोले उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ । नदीमा परेर हराइरहेका भुजेलको खोजी भैरहेको छ ।










प्रतिक्रिया दिनुहोस्