भदौ १३, काठमाडौं । कालिमाटीमा तेल बोकेको ट्याङकरको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक बबिता थापाको मृत्यु भएको छ ।
बुधबार बिहान विष्णुमति पुल छेउमा तेल बोकेको ना ४ ख २४८ नम्वरको ट्याङकरले बा ३४ प ५४१५ नम्बरको मोटरसाइलकलाई ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट दोलखा घर भइ अहिले काठमाडौंको सितापाइला बस्दै आएकी ३२ वर्षकी थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्यांकरको ठक्करबाट घाइते भएकी थापाको विर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्