भदौं १४, काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ ।
सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा काठमाडौं आउन लागेका हुन् ।
यसको लागि बिहीबार बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान नहुने विमानस्थल कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्