भदौ १४, काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् भने उनलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन् ।
आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ९ बजे अवतरण गरेका हुन् ।
मोदी विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम भनिएता पनि उनी सम्मेलन स्थल सोल्टीमोड जानेछन् । उनको पशुपतिनाथ दर्शन कार्यक्रम भोलिलाई सारिएको छ ।
सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ । मोदी आएलगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं अवतरण गरेकी छन् ।










प्रतिक्रिया दिनुहोस्