राजनीति

मोदीलाई कालो झण्डा देखाउने आशंकामा ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ



भदौ १४, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ गरेको छ ।

प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई आज बिहान प्रहरीले उनलाई गौशालास्थित उनको घरबाटै पक्राउ गरेको हो ।

ग्रेटर नेपालको अभियान चलाउँदै आएका नेपाललाई यस अघि पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले तीन दिन थुनामा राखेको थियो।