भदौ १४, कास्की । पोखरा लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव आज ५ दिनपछि परिवारले बुझेका छन् ।
आफ्नो संस्कार अनुसार काजक्रिया गर्दै जाने र अनुसन्धानमा सत्य तथ्य खोजी गर्न साथै प्रहरीलाई अनुसन्धानमा सघाउने गरी आफन्तले बिहीबार शव बुझेका हुन् । बाटुलेचौरको बिन्ध्यवासिनी माविमा ६ कक्षामा अध्ययनरत उनी शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर मृत भेटिएकी थिइन् ।
घटनाको बारेमा छानबिन गरी दोषीमाथि कारबाही गर्न कुनै कसुर बाँकी नराखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङ्गले बताएका छन ।










प्रतिक्रिया दिनुहोस्