राजनीति

विप्लव समूहलाई लाग्यो अर्को झड्का : केन्द्रिय सदस्य सहित ११ जना पक्राउ



भदौ १५, इलाम । नेकपा (विप्लव समूह) मेची अञ्चल इन्चार्ज तथा केन्द्रीय सदस्य सुमन लिम्बूसहित ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर –५, समाल्बुङको सुम्फुङ्गमा नेकपा कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेका ११ जनामध्ये एक जना इलामका र बाँकी १० जना झापाका रहेको बताइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङका ४५ वर्षका अर्जुन आचार्य, झापा दमकका ३४ वर्षका सन्तोष लिम्बू, २८ वर्षका सुमनसिंह पौडेल, झापा शिवसताक्षी नगरपालिकाका ११ का ३० वर्षका तारा थापा, ३८ वर्षका चमनलाल माझी रहेका छन् । ४८ वर्षका चित्र विश्वकर्मा, २९ वर्षका सुरेन्द्र मिश्र, २५ वर्षका सञ्जय राई, ३५ वर्षका भिमकुमार सुब्बा, ३० वर्षका विनोद कुमार राई र इलाम देउमाई नगरपालिका ८ का ६७ वर्षका मोहनबहादुर बराल रहेका छन् ।