Banner News

बिमस्टेक देशबीच विद्युत ग्रिड इन्टरकनेक्सनको समझदारी पत्रमा हस्ताक्षर



भदौ १५, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकका सदस्य देशबीच विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड इन्टरकनेक्सनको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै अब नेपाल, भारत, बंगालादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डबीच विद्युत आदानप्रदानको लागि थप सम्झौता गर्न बाटो खुलेको छ ।

सातै देशका सरकार तथा देश प्रमुखको सहभागितामा परराष्ट्रमन्त्रीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।