विश्व

श्रीमतीको लागि नर्वेका मन्त्रीले छोडे आफ्नो पद



भदौ १५, एजेन्सी । नर्वेका यातायात मन्त्रीले आफ्नी श्रीमतीको करियरका लागि आफ्नो पद छोड्ने निर्णय गरेका छन् ।

केतिल सोलविक –ओल्सकेतिल सोल्विक– ओल्सनले भने, ‘मन्त्रीको रुपमा काम गर्दाको अनुभव निकै शानदार रह्यो । वास्तवमा मैले चाहेको भए जिन्दगीभर मन्त्रीको रुपमा काम गर्न सक्थें ।’ ‘तर अब म त्यो अवस्थामा छु जहाँ सपना पूरा गर्ने पालो मेरी श्रीमतीको छ । ’

उनकी श्रीमती टोन सोल्विक–ओल्सनले एक वर्षका लागि अमेरिकामा बच्चाको अस्पतालमा काम गर्न स्विकार गरेको जानकारी दिएका छन  ।