भदौ १५, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लूटीओ)को अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बाहिरिने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले डब्लूटीओले अमेरिकाप्रति पक्षपातपूर्ण व्यवहार गर्दै आइरहेको आरोप लगाएका छन् । उनले भने ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’ ।
डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि स्थापित संगठन हो । तर संरक्षणवादी नीतिमा जोड दिँदै आइरहेका ट्रम्पले डब्लूटीओले गलत व्यहवार गरिरहेको बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्