राजनीति

बंगलादेशी प्रधानमन्त्री हसिना स्वदेश फिर्ता



भदौ १५, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता भएकी छन ।

बंगलादेशी प्रधानमन्त्री हसिनालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले बिदाई गरेका छन  ।

आजै भारतीय नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि स्वदेश फर्कँदै छन्  ।

भुटानका प्रधानन्यायाधी छिरिङ वाङचुक भने शनिबार मात्र स्वदेश फर्कने कार्यक्रम रहेको छ भने  श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार स्वदेश फर्कँदै छन  ।