समाचार

सर्पको टोकाइबाट सिरहामा २ जनाको मृत्यु



भदौ १५, सिरहा ।  सिराहको धनगढीमाई नपा १२ मा सर्पको टोकाइबाट ६५ वर्षीय बलराम खतिवडा ज्यान गएको छ । घरमै सुतिरहेको बेला राति सर्पले टोकेको थियो । उनको उपचारको क्रममा  ज्यान गएको छ  ।

त्यस्तै,  धनगढीमाई नपा ८ मै गोमन सर्पले डसेर एक बालकको ज्यान गएको छ । घरमा कोही नभएको समयमा खेलिरहेका बेला स्थानीय अरुण कुमार सिंहको ५ वर्षीय छोरा धिरेन्द्रको ज्यान गएको स्थानीय जानकारी  दिएका छन ।