भदौ १६, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पार्दै मलेसियालाई १९ रनले हराएको हो ।
टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।
छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए ।
सोमपाल कामी पहिलो बलमै आउट भए । तर, आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे । ४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत हाने ।










प्रतिक्रिया दिनुहोस्