सम्पादकीय

विद्यार्थी बरबराएपछि विद्यालय बन्द : अस्पताल छोडेर धामीको शरणमा



विद्यार्थीमा अनौठो लक्षण देखिएपछि मोरङको उर्लाबारी–१ झाँरसादीस्थित शारदा माविमा पठनपाठन रोकिएको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ । डाक्टरले मनोपरार्शदाताको आवश्यकता औंल्याएपछि विद्यालयले अभिभावकको दबाबमा शनिबार धामीझाँक्री ल्याएर पूजापाठ सम्पन्न गरेका छन् ।

विद्यार्थीमा यही बुधबारदेखि अनौठो लक्षण देखापरेको थियो। विद्यार्थीले बरबराउने, दाँत किट्ने, हातखुट्टा बजार्ने गर्न थालेपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक सूर्यप्रसाद दाहालले बताए।