अनुसन्धान केन्द्र– कांग्रेस, एमाले, माओवादी र मधेसीलाई एक–एक
-विभागीय प्रमुख– कांग्रेस चार, एमाले दुई र माओवादी दुई
-क्याम्पस प्रमुख– ६० क्याम्पसमध्ये कांग्रेस २३, एमाले २१ र माओवादी १६
कांग्रेस, माओवादी र एमालेको कोटाबाट विश्वविद्यालय पुगेका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, रेक्टर प्रा.डा. सुधा त्रिपाठी, रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले विभागीय प्रमुख, डिन, रिसर्च सेन्टरका डाइरेक्टर र क्याम्पस प्रमुखहरू पनि दलहरूबीच भागबन्डा लगाए । धेरैजसो ठाउँमा कांग्रेस, तत्कालीन एमाले र माओवादीबीच भागबन्डा भयो भने केही ठाउँमा मधेसकेन्द्रित दलले पनि भाग पाए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
खनियाँले त्रिविका चार अनुसन्धान केन्द्रका निर्देशक चार दललाई भाग लगाइदिए । उनले शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)मा माओवादीका जीवनाथ धिताल, व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान (रिकास्ट)मा एमालेका रामेश्वर अधिकारीलाई नियुक्त गरे भने मधेसकेन्द्रित दलको भागमा परेको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रमा अरूणकुमार ठाकुर नियुक्त भए । केही समयपछि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)मा कांग्रेसका मृगेन्द्र कार्की नियुक्त भए ।
त्रिविका नौ अध्ययन संस्थान तथा संकायमध्ये आठ डिनको जिम्मेवारी पनि खनियाँले पार्टीहरुबीच बाँडफाँड गरिदिए । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा भने डा. गोविन्द केसीको आन्दोलनका कारण बरिष्ठताका आधारमा डिन नियुक्ति हुने परम्परा बसेको छ । भागवन्डा भएका आठमध्ये कांग्रेसको भागमा चार तथा एमाले र माआवादीको भागमा दुई–दुई डिन परे । अध्ययन संस्थानहरुमध्ये कृषि तथा पशुविज्ञानमा केशवराज अधिकारी र वनविज्ञान अध्ययन संस्थानमा कृष्णराम तिवारी कांग्रेसका तर्फबाट नियुक्त भएका हुन् । शिक्षाशास्त्रमा कृष्णप्रसाद गौतम र कानुनमा ताराप्रसाद सापकोटा पनि कांग्रेस कोटाबाट डिन बनेका हुन् ।
इन्जिनियरिङ अध्ययन संस्थानमा त्रिरत्न बज्राचार्य र व्यवस्थापनमा डिल्लीराज शर्मा एमालेको कोटामा डिन बने । माओवादीका तर्पmबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा रामप्रसाद खतिवडा र मानविकीमा शिवप्रसाद भुसाल नियुक्त भए ।
तीन दलको नेतृत्वमा भएको भागवन्डामा ६० वटा आंगिक क्याम्पसमध्ये कांग्रेसले २३, तत्कालीन एमालेले २१ र तत्कालीन माओवादी केन्द्रले १६ क्याम्पसका प्रमुख पद पाएका छन् । क्याम्पसप्रमुख सँगै सहायक क्याम्पस प्रमुख पनि भागबण्डा गरियो । सहायक क्याम्पस प्रमुखमा बहुपद हुने हुनाले अधिकांश ठाउँमा कांग्रेस, एमाले र माओवादीका एकएक जना नियुक्त गरियो । क्याम्पस र भूगोलमा दलको प्रभाव हेरी कतिपय स्थानमा अन्य साना दलले पनि सहायक क्याम्पस प्रमुखमा ठाउँ पाएका छन् ।










प्रतिक्रिया दिनुहोस्