समाचार

आपसीद्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त : प्रधानमन्त्री ओली



भदौ १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसीद्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको बताएका छन् ।

गौरापर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै  प्रधानमन्त्री ओलीले विशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप बलियो बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालकाविभिन्न साँस्कृतिकपर्वहरुले नेपालीहरुलाई  एकतावद्ध गराउने काम गरेको बताएका छन् ।

शुभकामना सन्देशमा भनेका छन् “नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा, रीतिरिवाज, र संस्कारले विविधताबीच नै एकता, आपसीसम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”