भदौ १८, सप्तरी । अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले कर बढाएको कुरा फेसवुके हल्ला मात्र भएको भन्दै अवका दिनमा विदेशी ऋणले मुलुक नचल्ने वताएका छन् ।
करदाता सेवा कार्यालय राजविराजको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने ‘कुनै पनि करको दर बढाइएको छैन, यो हल्ला मात्रै हो, कुनै पनि सामान बिक्री गर्न जाँदा भएको फोहोर नगरपालिकाका मेयरले आफ्नो गोजीबाट रकम तिरेर सफा गराउने हो रु यसैले थोरै कर लगाउँदा पनि धेरै करको दर बढाइएको भनेर हल्ला चलाइएको छ ।’ मन्त्री खतिवडाले करको दर बढ्न सक्ने आशय पनि प्रकट गरे । ‘कर लिनुपर्छ, तर लिइएको करबाट गरिने विकासको बारेमा जनतालाई बुझाउन जान्नुपर्छ’ उनले भने, ‘तिरेको कर उपयोग नभए त्यस्ता जनप्रतिनिधिलाई जनताले तत्कालै दण्डित पनि गर्नुपर्छ ।’
अर्थमन्त्री डा. खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु केन्द्र सरकारको मातहतमा रहेकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताएका छन् । अर्थमन्त्री डा। खतिवडाले बैंकहरु केन्द्रीय नीति अनुसार चल्ने भएकाले प्रदेश सरकारले दिएको विदा नमानेको स्पष्ट पारेका छन् ।










प्रतिक्रिया दिनुहोस्