समाचार

के तपाई दशैंमा घर जाँदै हुनुहुन्छ ? अग्रिम टिकट बुकिङको मिति तय !



भदौ १९, काठमाडौं । यो वर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ आउँदो २४ गतेबाट खुल्ने भएको छ । दशैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले टिकट बुकिङ खोल्न लागेको हो ।

यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि सरकारले पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको हो । सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान गरिएको छ । देशका विभिन्न जिल्लाबाट उपत्यका आउने करिब ३ लाख ५० हजार सार्वजनिक सवारीको संख्याले यात्रुको चाप धान्न नसक्ने अनुमान गरिएको छ ।