भदौ २०, काठमाडौं । मिडियामा सामाजिक समावेशिता तथा लैङ्गिक समानता अहिलेको अनिवार्य आवश्यकता रहेको सरोकारवालहरुले बताएका छन् ।
मंगलवार मिडिया एड्भोकेसी ग्रुप र सम्झौता नेपालको संयुक्त आयोजनामा भएको राष्ट्रिय जन संचारको लागि छाता कार्यमा न्भ्क्क्ष् पुनस् कुराकानी स् मिडिया र सीएसओ गठबन्धन विषयक छलफल कार्यक्रममा उक्त कुरामा जोड दिइएको छ ।
कार्यक्रममा नेपालमा भदौ १ गते देखि लागु भएको मुलुकी ऐनको प्रभावकारिता तथा त्यसवाट आउनसक्ने चुनौति जसमा मिडियाकर्मिलाई गरेको वन्देजको विषयमा व्यापक छलफल भएको छ । मुलुकी ऐनले पत्रकार माथि लगाईएको अंकुश, जुन हतार तथा सरोकारवालासँग निकायसँग छलफल तथा अन्तरक्रिया नगरि ल्याइएकोले स्वतन्त्र पत्रकारीतालाई अंकुश लगाएको म्याग नेपालकी अध्यक्ष वविता वस्नेतले वताएकी छिन् । कार्यक्रममा उनले कुनै पनि नियम कानुन निर्माण गर्नुपूर्व गम्भीर हुनुपर्ने भन्दै पत्रकारीताको लागि आउनै लागेका कानुनलाई कसरी प्रभावकारी रुपमा उल्लेख गराउन सकिन्छ ? र यसको लागि सरोकारवाला निकायले खेल्नुपर्ने भुमिकाका विषयमा स्पष्ट पारेकी थिईन् ।
कार्यक्रममा वोल्दै मिडियाकर्मी अनिता विन्दुले मिडियामा महिला भएकै कारण धेरै समस्या भोगीरहनुपरेको तितो यथार्थ रहेको र यसलाई अन्त्य गर्नुपर्ने बताईन् । उनले मिडिया संचालनको निम्ती निमार्ण गरिएका विभिन्न प्रकारका गाईडलाईनहरु मन्त्रालयमा पुगेता पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्दै उक्त गाइडलाईनहरु अहिलेको वन्ने तयारीमा रहेको कानुनमा समावेश गर्नुपर्ने वताईन् । त्यस्तै उनले साइवर क्राइमका कारण मिडियाकर्मिहरु सुरक्षितहुनमा चुनौतिपूर्ण रहेको भन्दै महिलालाई कुनै पनि मिडियाको मुख्य नेतृत्व तहमा लगि अघि वढाउनुपर्ने धारणा व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रममा सुस्मिता लामाले एक अनुसन्धानात्मक रिपोर्ट प्रस्तुत गर्दै मिडियामा सहभागिताको पोलिसिमा महिला, दलित, अल्पसंख्यक, लोपन्मुख, पिछडिएको वर्ग वा समुदाय जस्ता व्यक्तिहरुको वाहुल्यातालाई वढाई सत्य, तथ्य र निष्पक्ष विश्लेषण गर्नुपर्नेमा जोड दिइन् । उनले उक्त क्षेत्रमा महिला र पुरुष विचको सहभागितामा ठूलो खाडल रहेको भन्दै चुनौति र समस्या समाधानात्मक पोलिसी ल्याउनु पर्ने कुरामा जोड दिइन् । उनले मिडियामा रहेको विकृति तथा विसंगतिको अन्त्य गर्नको लागि अवार्ड तथा दण्डको व्इवस्था पनि हुनुपर्ने धारणा व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रममा सहभागिहरुले आगामि दिनमा मिडिया क्षेत्रमा भाषा, संस्कृति, परम्परा तथा राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्ने प्रकारको मिडियाको विकास गर्नुपर्नेमा जोड दिदै वाँच र वचाउ भन्ने कुरालाई आत्मासाथ गनुपर्ने बताए । मिडियामा एकरुपता नभएका कारण कतिपय मिडियाहरु संचालनमा आर्थिक संकट भइरहेको बताउँदै त्यसलाई आवको कानुनले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै पत्रकारहरु जसमा पनि महिलाको सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिदै महिलामैत्री वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्