समाचार

सम्मान मिडियाद्वारा प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड : ज्ञानमुलक कार्यक्रम सम्पन्न



भदौ २०, काठमाडौ । प्राविधिक तथा व्यहारिक शिक्षामा जोड दिदै काठमाडौंको कोटेश्वर स्थित सम्मान मिडियाले आधुनिक समयको आधुनिक कुरामा विभिन्न ज्ञानमुलक कार्यक्रमहरु सम्पन्न गरेको छ । यसै क्रममा उक्त मिडियाको नियमित अतिथी प्रशिक्षण कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा उद्घोषण तथा कर्पोरेट तालिमहरु सन्चालन गर्दै आएकी मिस नेपाल २००५ को बिजेता सुगरिका केसिले अतिथी कक्षा सन्चालन रहेकी थिइन् ।

प्रशिक्षणको क्रममा रेडियो, टेलिभिजन लगायत मन्चमा गरिने उद्घोषणको बिषयमा व्यबहारिक सिप तथा प्राबिधिक पक्षको बारेमा प्रकाश पारेका थिए । प्रशिक्षणको दौरानमा आफ्नो रेडियो क्षेत्रको सुरुवाति दिनहरुको स्मरण गराउदै हरेक चुनौतीहरु स्विकार्दै आफ्नो डर तथा कमजोरी पक्षलाइ नै हतियार बनौदै जिवनका अघि बढ्ने अस्त्रको रुपमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिए । झन्डै दुइ घण्टा चलेको प्रशिक्षण सत्र अत्यन्तै रमाइलो र सौहार्दपूर्ण तवरले चलेको थियो ।

त्यस्तै दोश्रो चरणको कक्षा हिडेन लाइफ फाउन्डेसनका अध्यक्ष श्री बिबेक उपाध्ययले सन्चालन गरेका थिए । प्रशिक्षणको क्रममा परिबन्दका विभिन्न कारणले जेलसम्म पुगेका ब्यक्तिहरु कसरी जेलसम्म पुग्छन । आफु पनि आफु दोषी नहुदा नहुदै पनि जेलसम्म पुगेको अनुभबले जेल पुग्न अपराध नै नगरी पनि साथी तथा बिपरित परिस्थितिले पनि त्यहासम्म पुर्याउछ । त्यसैले साथी तथा सङगतको भुमिका विशेष हुने बताएका थिए । आफु ब्यापारीबाट कसरी समाजसेवामा आइपुगे भन्ने लगायत आफ्नो अनुभबहरु बाढेका थिए । बिपरित र संघर्ष पुर्ण समयमा कसरी सकारात्मक भएर अगाडी बढ्न सकिन्छ भने बिषयमा आफ्नो जिवनका अनुभबहरु आदन प्रदान गरेका थिए । उक्त मिडियाद्वारा हरेक महिना नियमित अतिथी कक्षा संचालन गर्ने गरेको छ ।