समाचार

टिप्परको ठक्करबाट दुईजनाको मृत्यु



भदौ २०, धनुषा । पूर्व–पश्चिम राजमार्ग  धनुषाधाम नगरपालिका–९ धारापानीमा  टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना १ प ६१८९ नम्बरको टिप्परले स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई अभरटेक गर्ने क्रममा टिप्परले किचेको बताएको  छ ।

मृतकको अहिलेसम्म पहिचान भइसेकेको छैन । शवलाई पोष्टमार्टमकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने तयारी भैरहेको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।