भदौ २०, काठमाडौँ । स्वीट्जरल्याण्ड सरकारले सुरक्षित आप्रवासन परियोजना सामी कार्यान्वयन गर्न नेपाल सरकारलाई दुई अर्ब सहयोग भएको छ ।
अर्थमन्त्रालयमा आज भएको कार्यक्रममा अर्थसचिव डा.राजन खनाल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका नगरपालिका,गाउँपालिका मार्फत कार्यान्वयनमा आउने छ ।
उक्त परियोजनाले सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालीम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पुर्याउने छ ।










प्रतिक्रिया दिनुहोस्