Banner News

प्रधानमन्त्रीको राजिनामा माग्नु हास्यास्पद : सांसद वस्नेत



भदौ २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले अध्यागमन विभागले आवश्यक कागजात पुरा नगरी विदेश जान खोजीएको एक व्यक्तिलाई फिर्ता वोलाएको प्रसङ्गमा तथ्यहिन समाचारलाई आधारमानि सांसदहरुको अभिव्यक्तिले संसदको गरिमा माथि नै पश्न उठेको बताएका छन् ।

संघिय संसदमा आफ्नो धारणा राख्दै सांसद वस्नेतले उक्त विषयमा सांसदहरुले प्रचारवाजीको लागि अभिव्यक्ति दिइएको र त्यही समाचारलाई आधार वनाई तथ्यहिन समाचारलाई सदनमा प्रस्तुत गर्ने सदावहार सांसदहरुको अभिव्यक्तिले गरिमामय सदनको गरिमा माथि नै प्रश्न उठेको बताए ।

संसद वस्नतले समाज कल्याण परिषदले विभिन्न एनजिओ तथा आइएजिओबाट विदेश जाने प्रक्रियालाई नियमन गर्नको लागि अध्यागमन विभागको कार्यविधि ३ (१)को ३ मा विशेष गरी संकास्पद देखिएका कागजपत्र तथा अन्य आवश्यक काजातहरु देखिएमा रोक्न सक्ने कानुनी प्रावधान रहेको वताएका छन् । उनले अध्यागमन विभागले कागजातमा संका रहेकाले आवश्यक कागजात पुरा गरी आउन आग्रह गरिएको विषयलाई नकरात्मक ढंगले ट्वीस गर्न खोजीएको बताए । त्यस्तै उनले उक्त सन्दर्भ जोडेर प्रधानमन्त्रीको राजिनामा माग्नु हास्यास्पद रहेको बताए ।

सांसद वस्नेतले संसदमा सांसदहरुको अभिव्यक्ति चुनावको समयमा गरिएको तयारीको भाषण जस्तो मात्र भएको बताउँदै वद्री बहादुर कार्की, खिलराज रेग्मीले देवानी संहिता, कल्याण श्रेष्ठले फौजदारी संहिताको ड्राफ्ट तयार पारेको र सदनमा आएको साथै राधेश्याम अधिकारी, कृष्ण भक्त पोखरेल लगायतले त्यसको व्यापक तयारी गरी अघि वढेको जानकारी गराए ।

पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको पालामा नै लागु भए पनि कार्यान्वयनमात्र २०७५ भदौ १ गतेदेखि भएको देवानी र फौजदारी संहिताको लामो समयदेखि छलफल तथा वहस भएको बताए । उनले पूर्ण प्रेस स्वतन्त्रता प्रस्तावनामै उल्लेख भएको बताउँदै नेपालको संविधान नमुना संविधान भएको बताए । त्यस्तै चिकित्सकहरुले आन्दोलन स्थगित गर्नु अत्यन्तै राम्रो भएको बताउँदै चिकित्सकहरु माथि सामाजिक गरिमा रहेको र सोही अनुसार ध्यान दिई एउटा खुट्टामा अपरेसन गर्ने ठाउँमा अर्को खुट्टामा अपरेसन, एउटा किड्नीमा अपरेशन गर्नु पर्नेमा अर्को किड्नीमा अपरेशन नहोस् भन्ने उद्देश्यका साथ मुलुकी ऐन आएको बताए ।

सांसद वस्नेतले प्रेस स्वतन्त्रताको विषयलाई राजनैतिक गर्ने उद्देश्यका साथ प्रधानमन्त्री तथा गृहमन्त्रीमाथि प्रश्न उठाउने कार्य गरेको वताए । उनले शुन्य र विशेष समयको गरिमा माथि नै प्रश्न उठ्ने परिस्थिती नवनाउन समेत आग्रह गरेका छन् ।