समाचार

स्वयंभुमा पार्किङ गरेर राखिएको गाडीभित्र शब भेटियो



भदौ २१, काठमाडौं । काठमाडौं स्वयंभु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव भेटिएको  छ ।

बा. ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयंभुले जनाएको छ ।

भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतकको नाम ठेगाना खुल्न सकेको छैन् ।

घट्नाबारे अनुसन्धान भईरहेको प्रहरी  जनाएको छ ।