भदौ २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गर्ने प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय प्रथम सेमिस्टरको शिक्षा शास्त्र सङ्काय अन्तर्गत भदौ १७ गतेको शिक्षाका अधार र १९ गतेको भएको साइकोलोजी विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले आफूले गल्ती गरेको स्वीकार गर्दै बुधबार राजीनामा दिएका हुन् ।
परीक्षा हुन अगावै बहिरोएपछि त्रिविले विद्यार्थीहरूको भविष्यमाथि ठूलो खेलबाड गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । फाउन्डेसनको पश्नपत्र एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिएपछि र मनोविज्ञानको पश्नपत्र परीक्षा अगावै बाहिरिएपछि विद्यार्थीहरूले यस्ता गैरजिम्मेवारी काम गर्ने कर्मचारीहरूलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग राख्दै डीन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए।
त्रिवि शिक्षाशास्त्र संकायको डिन कार्यालयले प्रश्नपत्र आउट भएको विषयमा छानबिन गर्न गणेश सिंह ठकुरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्