स्वास्थ्य

बाँकेमा सर्पदंशको उपचार केन्द्र सञ्चालन



भदौ २१, नेपालगञ्ज ।  बाँकेको राप्तीसोनारी गाउँपालिकामा  सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

सोहि गाउँपालिकाको रु २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको रु नौँ लाख ६२ हजार बराबरको श्रमदानबाट उक्त केन्द्र निर्माण गरिएको हो ।

तीन शय्याको उक्त केन्द्रबाट राप्तीसोनारी गाउँपालिका र त्यस आसपासका क्षेत्रका ५१ हजारभन्दा बढी नागरिक लाभान्वित हुने भएको