भदौ २१, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरुपमा भेटेर सोबारेमा आग्रह गरेको जानकारी गराएका छन् ।
प्रतिनिधिसभामा सरकारले दर्ता गराएका जम्मा २६ विधेयकमध्ये छ विधेयक प्रमाणीकरण भइसकेको जानकारी गराउँदै बाँकी २० मध्ये ११ मौलिक हकसम्बन्धी विधेयक छन् । जुन प्रतिनिधिसभा तथा विधेयक समितिमा दफावार छलफल भइरहेको जानकारी दिएका छन् ।
सभामुख महराले भोलि भदौ २२ गतेदेखि चीनको केन्द्रीय सरकार र ल्हासा सरकारको निमन्त्रणामा चौथो सांस्कृतिक पर्यटन एक्स्पोमा सहभागी हुन, तिब्बतस्थित नेपालको कन्सुलर कार्यालयको पुनःनिर्माण शिल्यान्यास गर्न तथा ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोपरेशन फोरमको छलफलमा सहभागी हुन त्यसतर्फ जाने र २६ गते स्वदेश फर्कने समेत जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्