राजनीति

कर्मचारीको खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति छ : मन्त्री पण्डित



भदौ २२, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले आफूले कर्मचारीको पीडा महसुस गर्छु तर कर्मचारीमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति रहेको बताएका छन ।

निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पडितले भने, ‘ कर्मचारीले पीडाको अनुभूति गरेको पनि महसुस हुन्छ तर खटाएको ठाउँमा जान्न भन्ने प्रबृत्ति खराब हो ।’

मुलुक संघीयतामा गएकोले कर्मचारीमा पनि जिम्मेवारी थपिएको भन्दै मन्त्री पण्डितले सुखी नेपाली समृद्ध नेपाल बनाउन कट्टिबद्ध भएर लाग्न कमर्चारीलार्इ निर्देशनसमेत दिएका छन् ।