भदौ २४, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै यदि नगरिएको पाइए कानुनी कारबाही गर्ने समेत जानकारी दिएको छ ।
नेपालको नक्सा त्रुटिपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो ।
त्रुटिपूर्ण रुपमा निशान छापमा समेत नेपालको नक्सा प्रयोगमा ल्याउने काम विभिन्न मन्त्रालयबाटै भएपछि त्यसलाई सच्याउन सम्बन्धित सबैलाई आग्रह गर्दै अव पनि नेपालको नक्सा त्रुटिपूर्ण ढंगले प्रयोग गरेको पाइए कानुनी कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी पनि दिएका छन ।
यता, नापी विभागले पनि विभागको वेबसाइट www.dos.gov.np मा राखिएको नेपालको आधिकारिक नक्सा मात्रै प्रयोग गर्न सम्बन्धित सबै निकायलाई पुनः आग्रह गरेको छ । विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले विभागको आधिकारिक वेबसाइटमा राखिएको नेपालको सीमासहितको नक्सा प्रयोग गर्न पुनः आग्रह गरेको हो ।










प्रतिक्रिया दिनुहोस्