भदौ २५, रोल्पा । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा आज सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ ।
बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग बन्द भएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् ।
पुनको आइतबार राति सुलिचौरमा गोली हानी हत्या भएको थियो ।










प्रतिक्रिया दिनुहोस्